मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु


काठमाडौं । मकवानपुर हेटौंडामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं ९ शान्तिचोक बस्ने ३५ वर्षीय समीर पाख्रीन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रीन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बिहान ९ बजे पाख्रीन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते दम्पतीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ ।

प्रकाशित: समय: 17:18:38  67पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार