
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने कुलेखानी फाखेल सडकखण्ड आजदेखी एक महिना बन्द हुने भएको छ ।
कुलेखानी फाखेल सडकखण्ड पुनः मर्मत सम्भार गर्नका लागि आज चैत २८ गतेदेखि बैशाख २८ गतेसम्मका लागि बन्द हुने भएको बागमती प्रदेश यातायात पुर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
कुलेखानीको हेबिदेखी महालक्ष्मी हुँदै फाखेल र काठमाडौको सिमानामा पर्ने फर्पिङ सम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी फाखेल हुँदै काठमाडौ तर्फ जाने सबै प्रकारको यातायात सेवालाई बन्द गर्न लागेको निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेव भन्डारिले जानकारी दिए ।
प्रदेश यातायात पुर्वाधार निर्देशनालय ,यातायात व्यवसायी ,जिल्ला प्रशासन र भौतिक पुर्वाधार मन्त्रालयका पदाधिकारीहरुको हिजो चैत २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
तर दक्षिणकालिका हुँदै सिस्नेरितर्फ आउने सडकखण्डमा भने सवारी यातायात संचालन हुनेछ ।