थाहानगरको राम्चेमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण


काठमाडौं । मकवानपुरको थाहानगरपालिकाको राम्चेमा ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि सामाग्री वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ पालुङ मकवानपुरले ३५ जना कृषकलाई ५० प्रतिशत अनुदानको विभिन्न कृषि सामाग्री तथा विउविजन वितरण गरेको छ ।

थाहानगरपालिका वडा नं ७ राम्चेमा क्रियाशिल पारिजात कृषक समूहमा आवद्ध ३५ जना कृषकहरुलाई १५० प्याकेट बन्दा , १५० प्याकेट काउली , १५० डब्बा मुला , २० वटा प्लास्टिक टनेल, २ वटा पोखरी प्लास्टिक , ३ वटा मिनि टिलर वितरण गरेको थाहानगरपालिका सामाजिक समिति सदस्य दिपेन्द्र कुमार थिङले जानकारी दिए ।

कार्यक्रम दिपेन्द्र कुमार थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे भने कृषि अधिकृत अनिल तिवारी , ना. सु राजन धिमालको उपस्थिति रहेको थियोे ।

प्रकाशित: समय: 22:04:54  564पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार