
काठमाठौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वलाई घरमै सीमित गर्न आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गरी कार्यालयले भारतमा कोरोना संक्रमण बढ्दै गएको र नेपालमा पनि जोखिम बढेको भन्दै प्रशासनले फागुमा सार्वजनिक स्थलमा भिडभाड नगर्न आग्रह गरेको हो ।
त्यस्तै, प्रशासनले सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने र भौतिक दुरी कार्यम गर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिक कारवाही गरिने समेत प्रशासनले जनाएको छ।