राल्फालीको संयोजकत्वमा ताम्सालिङ राज्य समिति गठन


काठमाडौं । आदिवासी जनजाति साहित्यकार महासंघ ताम्सालिङ राज्य समिति गठन भएको छ ।

आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रुपमा लेखन गर्न तथा तिनका मौलिक साहित्यसमेतलाई लिखित गराउन सम्बन्धित जाति, समुदायका स्रष्टाहरुलाई उत्प्रेरित गर्ने उदेश्यले स्थापना भएको आदिवासी जनजाति साहित्यकार महासंघको ताम्सालिङ राज्य समिति आज गठन भएको हो ।

आज काठमाडौंमा भएको विशेष भेलाले योकबहादुर घिसिङ ‘योगेश राल्फाली’ को संयोजकत्वमा १५ सदस्यीय ताम्सालिङ राज्य समिति गठन गरियो ।

समितिको सह–संयोजकमा रचना मोक्तान, सचिवमा सजना लामा गोले, आर्थिक संयोजकमा कुन्ति थामी, सदस्यहरुमा स्वंयम्बर सिंग्लान, राम बि. लामा, राजु मोक्तान, ङेमा गोले, सिर्जना लामा, इश्वर थोकर रहेका छन, भने बाँकी चारजनालाई कार्यसमितिको बैठकले नियुक्ति गर्ने समितिले जनाएको छ ।

भेलामा भाषाविद अमृत योन्जन तामाङ, केन्द्रीय सचिब बुद्ध योन्जन र केन्द्रीय सदस्य कविराज तामाङको विशेष सहभागीता रहेको समितिको नव निर्वाचित सह–संयोजक रचना मोक्तानले जानकारी दिएकी छिन् ।

प्रकाशित: समय: 22:04:03  196पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार