राराको रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न


काठमाडौं । रारा साहित्य प्रतिष्ठानको आयोजनामा संयुक्त रचनावाचन तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।

छोटो समयमा थुप्रै साहित्यिक कार्यक्रम गर्दै आएक‍ो राराले फागुन २९ गते शनिबारका दिन राष्ट्रिय नाचघर जमलमा संयुक्त रचना वाचन तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कर्णालीका लोकप्रिय गायक शुरेश शाही र राराको नवगायिका प्रतिमा रावलको सांगीतिक प्रस्तुतिका साथै गजलकार निर्दोष क्षेत्री अतीत,सजना वाइबा, प्रयत्ना वाइबा, सपना घिमिरे, डिल्लीप्रसाद छत्कुली, ४/४ गजल वाचन गरेका थिए ।

यस्तै सो कार्यक्रममा मुक्तकार दिनेश पुन र नवराज बिष्ट ‘सफल’ ६/६ मुक्तक वाचन गरे भने उमेश अवस्थी ‘आदर्शले दुई कविता वाचन गरेका थिए ।

कला साहित्य र संस्कृतीको जगेर्नासँगै साहित्यमार्फत रारा र स्रष्टाका रचनालाई देश तथा विदेशसम्म पुर्याउने राराको अभियान रहेको संस्थाका अध्यक्ष दलु बुढा निश्चलले बताए ।

कार्यक्रमका प्रमख अतिथि तथा वरिष्ठ गजलकार ज्ञानुवाकार पौडेलको स्वागत मन्तव्यसँगै सुरु भएको सो कार्यक्रमको सञ्चालन प्रेमप्रकाश क्षितज र प्रकाश बम पारिश्रमिक गरेका हुन ।

उक्त कार्यक्रमको भिडियो ‘सहयात्रा टिभी’ नामक युट्युबमा च्यानलमा पनि हेर्न सकिने छ ।

प्रकाशित: समय: 21:22:24  147पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार