पशुपति क्षेत्रमा वाग्मती सफाई महाअभियानको ४०९ औं शृङ्खला


काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने मुल नाराकासाथ वाग्मती सफाई महाअभियानको ४०९ औं शृङ्खला आज (शनिबार) सम्पन्न भएको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार महाशिवरात्री पर्व २०७७ भव्य रुपमा सम्पन्न गर्न, गराउन गठित वातावरण सरसफाई व्यवस्थापन उपसमितिका संयोजक परिषद सदस्य आशा पाण्डेको अगुवाइमा पवित्र पाशुपत क्षेत्र सरसफाई कार्यक्रम अन्तरगत वाग्मती सफाई महाअभियानका हन्स मन्डप जहाँ हजारौं भक्तजनको भोजन गृह खाने ठाउँमा सफाई महाअभियानमा सहभागिता जनाउनु हुने महानुभावहरु, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेल, एकीकृत वाग्मती सभ्यता विकास समितिका अध्यक्ष उद्धव तिमल्सिना, चक्रपथ सरसफाई उत्तरी खण्डका संयोजक एल वि टन्डन, वरिष्ठ गायक तिलक बस्नेत, नेपाली सेना चण्डिदल गण सिंहदरबार, वाग्मती वचाउ अभियान सुन्दरीजल केशवप्रसाद पुडासैनी, शान्ति सेवा गृह अनिता कटुबाल, वाग्मती फोहर उन्मुलन नमुना उपभोक्ता समाज, सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक (इनिष्पेक्टर) लोकबहादुर तामाङ, तिलगंगा महिला समूह, काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभाग टेकु, गायत्री परिवार, एस.ट्राभल्स दरबार मार्ग, वातावरण मैत्री समाज मैतिदेवी अध्यक्ष राधे मिश्र, सिस्नो पानी नेपाल, त्रिभुवन विश्व विद्यालय किर्तिपुर, सारथी नेपाल, ठकुरी सहयोग सन्जाल अध्यक्ष अजयराज मल्ल, परिवर्तन सेवा प्रा. लि.का मित्रप्रसाद घिमिरे, नेपाल विज्ञान संघ,पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरु, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, वाग्मती सफाई महाअभियानका अभियन्ताहरु डा.लक्ष्मी पौंडेल, गोविन्द काफ्ले लगायतका अभियन्ताहरु, स्थानीय वासिन्दाहरु, विभिन्न संघसंस्थाहरुको सहभागितामा शनिबार पशुपति क्षेत्रबाट संकलित २० मेट्रीक टन फोहोरको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गरेको जनाएका छन् ।                                                            

प्रकाशित: समय: 13:40:39  157पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार