बालकुमारीमा ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानको ७६ औं शृङ्खला सम्पन्न


ललितपुर ।  प्रत्येक साताको शनिबार नियमित साप्ताहिक रुपमा संचालन हुँदै आएको ललितपुर-चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानको आज (शनिबार) ७६ औं शृङ्खला बालकुमारीमा सम्पन्न भएको छ ।

उक्त अभियानमा फोहोरमैला व्यवस्थापन महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं सिर्जनसीप सेवा प्रालिका अध्यक्ष सहदेव राउत, कार्यक्रम संयोजक खगेन्द्र बिष्ट, ग्वार्को रिङरोड टोल विकास समिति अध्यक्ष पन्नाकाजी महर्जन, महानगरीय प्रहरी बृत्त सातदोबाटो, महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, अभियानका अभियन्ताहरु, स्थानीय वासिन्दाहरुको सहभागितामा ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्कोचोकदेखि बालकुमारीसम्म सरसफाई गरेको, सरसफाईको क्रममा संकलित फोहोरको व्यवस्थापन सिर्जनसीप सेवा प्रालि, खुमलटार, ललितपुरले गरेको जनाएका छन् ।                                                                                                                                                                                                                              

प्रकाशित: समय: 12:58:51  730पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार