बर्दिया । केही दिन अघि सरुवा भएर बर्दिया जिल्लाको प्रहरी प्रमुखमा एस्पि ईश्वर कार्कीले नेतृत्व सम्हालेपछि अवैध रुपमा गिट्टी,बालुवा उत्खनन गरि ओसारपसार गर्ने ६ वटा ट्याक्टर शुक्रबार नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाकानुसार ईलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी निरीक्षक(इनिष्पेक्टर)वीरेन्द्रसिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्लाको वाँसगढी नगरपालिका वडा नं.४ अस्नेरी खोलाबाट अवौध रुपमा गिट्टी,बालुवा उत्खनन गरी ओसारपसार गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बाँसगढी नगरपालिकाको कार्यालयमा पठाएको जनाएका छन् ।