लुभु पुल आसपासमा गोदावरीखोला क्षेत्र सरसफाई अभियानको १०६ औं शृङ्खला


ललितपुर । महालक्ष्मी नगरपालिकास्थित लुभु पुल आसपासमा गोदावरीखोला क्षेत्र सरसफाई अभियानको आज (शनिबार) १०६ औं शृङ्खला सम्पन्न भएको छ ।

उक्त अभियानमा महालक्ष्मी नगरपालिका प्याब्सनका अध्यक्ष कैलाशकुमार मल्ल,सृजनसीप सेवा प्रालिका अध्यक्ष सहदेव राउत, महालक्ष्मी नगरपालिका वडा नं.८ का वडा सदस्य अम्बिका लाखे, नमुना सेकेण्डरी स्कुल, अनन्त सेकेण्डरी स्कुलका शिक्षक, शिक्षिकाहरु, गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक बेबि राजभण्डारी लगायतका अभियन्ताहरुको सहभागितामा संकलित १० टन फोहोरको व्यवस्थापन सिर्जनसीप सेवा प्रालिले गरेको थियो ।

प्रकाशित: समय: 12:03:39  1026पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार