सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी योङ ग्लोबल लिडर्स फोरममा छनोट


काठमाडौं ।  बहु प्रतिष्ठित चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड ग्लोबल लिडर्स फोरम क्लास सन् २०२१ का लागि बिहीबार छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाडन सफल युवाहरुलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि गोलबद्ध गर्दै आएको छ ।

सन् २००४ मा वर्ल्ड इकोनोमिक फोरमका संस्थापक एवं कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबद्धारा स्थापित फोरमले अन्तर सम्बन्धित विश्व व्यापी मुद्धा र चुनौती सामना गर्न निकासको बाटो पहिल्याउन सघाउँदै आएका छन् । फोरममा हाल विश्वका १२० भन्दा बढी राष्ट्रका १४०० सदस्य तथा पूर्व सदस्य रहेको र कतिपय सरकार प्रमुख फर्चयुन ५०० कम्पनीका कार्यकारी, नोबेल र ओस्कार विजेता संयुक्त राष्ट्र संघका सदभावना दूतसमेत रहेको छ । प्रत्येक वर्ष विश्वभरबाट चुनिएका हजारौं उम्मेदवार मध्ये चयन भएको छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्दछ ।

यस वर्ष १० हजार उम्मेदवारबाट ५६ वटा राष्ट्रका ११२ नयाँ सदस्य छानिएका छन् । योङ ग्लोबल लिडर्स फोरम क्लासको विश्व स्तरिय मञ्चमा सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालको तर्फबाट छनोट हुन पाउँदा हर्षविभोर भएको प्रतिक्रिया दिनु हुँदै विश्वभर उद्धमशिलता र नेतृत्व विकासमा योगदान पुर्याउँदैं आएको फोरमबाट म सधै प्रेरित छु, फोरमले विभिन्न क्षेत्र, मुलुक र पहिचान बोकेका समुदायमा नेतृत्व विकासका लागि पुलको भूमिका खेल्दै आएको छ,म यस्तो मञ्चमा छनोट हुन पाउँदा गर्व गर्छु भन्नू भएको छ ।

 

 

 

 

 

प्रकाशित: समय: 9:48:16  708पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार