
काठमाडौं । चोरीको मोटरसाइकल सहित मकवानपुर हेटौंडाका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा ११ का ३३ बर्षिय विजय लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
फागुन २३ गते ओखलढुंगा घर भइ हाल हेटौंडा ४ बस्ने प्रेमबहादुर तामाङको जिल्ला प्रहरी कार्यालय अगाडि पार्किङ गरि राखेको ना ३३ प ६२५८ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । मोटरसाइकल सहित लामालाई हेटौंडा १० राप्ती पुल नजिकबाट पक्राउ गरेको हो ।
लामालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।