चौतारा सांगाचोकगढि नगरपालिका मुलखर्कमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम हुँदै


काठमाडौं । सिन्धुपाल्चोक जिल्ला चौतारा सांगाचोकगढि नगरपालिका वडा ९ मुलखर्कमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । २८५७ लाङ ल्हो सोनाम ल्होछारको अवसरमा मुलखर्क तामाङ समाज र नेपाल तामाङ घेदुङ ९ नम्बर वडा समितिको आयोजनामा ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

आफ्नो भाषा, संस्कार , संस्कृति तथा लिपिको प्रबर्द्धन गरौं सोनाम ल्होछार सांस्कृतिक पर्वको रुपमा विकाश गरौं  ह्याङला भाषा ह्याङला ग्योई, ज्याबा डान्बा छेरेङ्गै भन्ने मुल नाराका साथ मूलखर्क तामाङ समाजको  लोप हुन लागेका तामाङ रीमठिम, संस्कृति, भाषा र कलाको संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको तामाङ समाजका सह सचिव सुनिल तामाङले जानकारी दिए ।

चौतारा सांगाचोकगढि नगरपालिका नगर प्रमुख अमान सिङ तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा तामाङ चलचित्रका नायक बिजय थोकर, गायक प्रकाश तामाङ, गायिका सुमिना लो र गायिका प्रकृति थिङको बेजोड  प्रस्तुति रहने छ भने साथमा स्थानिय डम्फु गीत खान्दोके सेलोको पनि प्रस्तुति पनि रहनेछ ।

उक्त कार्यक्रमलाई सभ्य र भब्यताका साथ शुभकामना आदानप्रदान गर्दै सफल पार्नको निमित्त सबै कलाकार आफन्तजनलाई समेत आयोजक टिमले आग्रह गरेको छ ।

प्रकाशित: समय: 20:56:25  215पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार