चलचित्र ‘टु’को गीत ‘ग्याल्मो’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । तामाङ कथानक चलचित्र ‘टु’ गीत ग्याल्मो सार्वजनिक भएको छ । गायिका मिना लामा र गायक रोम लामाको आवाज रहेको सो गीतमा रुपा एस घले र सिंग बहादुर तामाङको अभिनय रहेको छ । रोशन फ्युबाले निर्देशन गरेको तामाङ मौलिक चलचित्र ‘टु’ मा धादिङको रुबि भ्याली, खनियाबासको सिङ्ल्हा र नुवाकोटको मनोरम प्राकृतिक दृश्य देख्न पाइन्छ ।

प्रकाश तामाङले छायाङ्कन गरेको सो चलचित्रमा नायिका रुपएस घले, सिङ्गबहादुर तामाङ, प्रकाश तामाङ, युजिला मोक्तान, सोनाम लामा, कान्छा लामा, मर्नेन वाइबा, बिगेन्द्र वाइबा, डोल्मा मनाङ्थेन, फुर्पा लामा, सिशिर थोकर, सुनिता मम्बा, हिना नेम्बाङ, एआर तामाङ, मिलन एस वाइबा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सिंग बहादुर तामाङ र सन्च मायाले निर्माण गरेका हुन् भने निरमाया तामाङ, सपना मोक्तान र प्रेम तामाङले निर्माणमा सहयोग गरेका छन् । अहिले धमाधम सम्पादन भइरहेको चलचित्र यही नयाँ वर्षमा प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियाे हेर्नुहाेस ।

प्रकाशित: समय: 10:17:47  269पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार