ल्होछारको अवसरमा थाक्रेमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न


रामचन्द्र मोक्तान । सोनाम ल्होछारको बिशेष अवसरमा धादिङको थाक्रेमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

२८५७ औं लाङ ल्हो सोनाम ल्होछारको अवसरमा थाक्रे गाउँपालिका वडा नं ४,५,७ साङ्गे छ्योइलिङ गुम्बाको आयोजनामा फागुन २ गते ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रम भएको हो ।

थाक्रे ५ को फुटबल मैदान तसर्पुमा भब्य रूपमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणको पूर्वकार्यकारी निर्देशनक कुलमान घिसिङ रहेका थिए भने नेपाल तामाङ लामा घेदुङ संघीय अध्यक्ष बुद्ध दर्शन प्रवचन प्रमुख गुरु पाल्देन योन्जन तामाङ, थाक्रे गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष भूमी तामाङ, उपाध्यक्ष लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकारहरु जयनन्द लामा , बिश्व दोङ, विशाल काल्तन ,जितु लोप्चन , निर्मला घिसिङ , रजनी लामा, करण तामाङ , मुना लामा, बिपना तामाङ , लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहेको समेत वडा अध्यक्ष भुमी तामाङले बताए ।

यस्तै सो कार्यक्रमको उद्घोषण रामचन्द्र मोक्तान र अञ्जु तामाङले गरेका थिए ।

प्रकाशित: समय: 9:32:10  297पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार