तामाङ चलचित्र ‘काख्रे’को आइटम गीत ‘ङाला जोवन’(भिडियो सहित)


काठमाडौं । तामाङ चलचित्र ‘काख्रे’को आइटम गीत ‘ङाला जोवन’ सार्वजनिक भएको छ।

उक्त गीतमा गीतकार साङ्गे ब्लोन तामाङको शब्द,चर्चित गायक तथा संगीतकार विशाल काल्तनको संगीत रहेको छ भने चर्चित गायिका शशिकला मोक्तानको स्वर रहेको छ । चाँद सिँको एरेञ्ज गरेको गीतलाई दिपेस प्रधानले मिक्सिङ गरेका छन् ।

कोरियोग्राफी अजय स्याङतान र खेम मोक्तानले गरेको भिडियोको छायांकन प्रकाश तामाङ वाइवाले गरेका छन् । उक्त म्युजिक भिडियोमा प्रभा घिसिङ, नायक ऋतुराज पाख्रिन, हास्य कलाकार कुईसाङ रुम्बाले मुख्य अभिनय देख्न सकिन्छ ।

प्रबल थिङ र आईसिङ घलानको निर्माणमा बनेका चलचित्रलाई नविन पुरी, शंकर पुडासैंनी र शेखर थापाको सह–निर्माण रहेको छ भने रितुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, सिंग ब। तामाङ , प्रबल थिङ, प्रभा घिसिङ, सपना वाइबा र कोपिला घिसिङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

आईतबार काठमाडौको बौद्ध पिपलबोटस्थित त्रिवेणी फास्टफुडमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो ।

 

प्रकाशित: समय: 9:51:19  313पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार