नेपालमा किन हुन्न सही विकासको चर्चा ?


भीम उपाध्याय ।
नेपालको विकासको मुद्दामा कुनै चर्चा हुँदैन । केवल उडन्ते कुरामा बढी तामझाम गरिन्छ । नचाहिँदो रवाफ र भावनामा बगेर विकासको मुद्दालाई ओझेल पारिन्छ । अनि केही नारा उछालिन्छ, स्याल हुईंया सुरू हुन्छ र पुनः विकासको मुल मुद्दा ओझेल पर्छ ।

नेपालले खोजेको विकास के हो ? यसमा पो चर्चा र कार्यक्रम बन्नुपर्छ । विकास केही नेताहरूको उडन्ते सपना होइन। जनताको धड्कन, तिनका जनजिविका हो। तिनको सुखी भविष्यमा गरिने लगानी हो। सुशासन हो। रोजगारी हो। मेरिटोक्रेसी हो। सक्षम योग्य शिक्षितहरूको नेतृत्व स्थापित गर्ने हो ।

जुन क्षेत्रमा पनि असल सक्षमको नेतृत्व सुनिश्चित गर्ने हो। जहाँ गुणस्तरीय काम गर्नुपर्छ त्यहाँ मेरिटोक्रेसी हुने हो। जहाँ समग्र प्रतिनिधित्व दरकार पर्छ त्यहाँ समावेशी गर्ने हो । मेरिटोक्रेसी र समावेशीबीचमा हुने गंजागोल हटाउने साहस गर्नु अहिलेको मुलुकको सही नेतृत्व हो ।
तर राजनीतिक दलहरूमा जहाँ प्रतिनिधित्व चाहिन्छ त्यहाँ तन्नम समावेशीकरण छ । जहाँ मेरिटोक्रेसी चाहिएको छ त्यहाँ तिनै आफूभित्रै समावेशी बिरोधी कृयाकलाप गर्नेहरू समावेशीकरणको माग गरेर धुत्र्याईँ र गंजागोल गरिरहेका छन्।

नेपालीहरू अधिकाश Reaction ( प्रतिक्रिया) बढी गर्ने गर्छन्। Reply ( जवाफ) Response जवाफदेहीपन), Remark( कैफियत) च्भाभिअतष्यल( विवेचना) तिर त्यति ध्यान जाने गरेको पाईदैन।

अब कृषिप्रधान देशमा कृषि धन रहेन। हरियो वन पनि धन रहेन। पर्यटन पनि धन रहेन । जल पनि धन हुन सकिरहेको छैन।
झन् बुद्धि, ज्ञान, उच्चशिक्षा त झन् कुनै काम नै लाग्दैन। कोरा श्रमिक मात्र यहा‘को खास धन हुन पुगेको छ, जसले विदेशमा गरेको कडा श्रमबाट आर्जित धन मुलुकमा पठाएर मुलुकको ३५५ अर्थतन्त्र धानिरहेको छ।

प्रकाशित: समय: 17:23:03  684पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार