भारदेउमा भूमिसुधार,कृषि तथा सहकारी मन्त्री लामाद्धारा ट्राउट माछा पालन फर्मको अवलोकन


ललितपुर । जिल्लाको कोन्ज्योसोम गाउँपालिका वडा नं.५ भारदेउमा वाग्मती प्रदेश कृषि,सहकारी तथा भूमि सुधार मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यमा प्रदेश सांसद लाललकुमारी पुन”शुशिला” र कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको विशेष आतिथ्यमा भारदेउ वडा कार्यालयमा स्वागत तथा वडा भित्र रहेको ट्राउट माछा पालन व्यवसायको फर्मको बिहिबार अवलोकन भ्रमण गर्नु भएको छ ।
सो कार्यक्रममा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा.नारायण श्रेष्ठ,ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत पराजुली,वडाध्यक्ष सुविन्द्र तामाङ,जनप्रतिनिधिहरु र स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो ।                    

प्रकाशित: समय: 11:55:00  1370पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार