मकवानपुरमा पहिरोले स्कर्पियो पुरिँदा एकजनाको मृत्यु


मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आज बिहान सडक माथिबाट झरेको पहिरोले स्कर्पियो पुरिँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौबाट हेटौंडा तर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो इन्द्रसरोवर गाउँपालिका वडा नं २ देउराली नजिक सडक माथिबाट आएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिमफेदिका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

अविरल बर्षाका कारण सडक माथिबाट पहिरो खसेको हो । घटना स्थलमा प्रहरी टोलि पुगिसकेको र पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाइएको छ ।

प्रकाशित: समय: 13:07:58  3613पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार