मकवानपुरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि


मकवानपुर । मकवानपुरको थाहानगरमा आज थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरूमा थाहानगर ६ का ३३, ४०, ४६ र ४९ वर्षीय चारजना पुरुष रहेको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ती चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: समय: 20:23:14  1995पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार