जमिनको कित्ताकाट रोक्न किसान महासंघको माग


काठमाडौं । सत्तारुढ नेकपाको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सरकारले जमिनको कित्ताकाट खुला गरेकोमा आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरी सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने र देशलाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने दाबी गरेको छ ।

पूर्व कृषिमन्त्री हरि पराजुली संयोजक रहेको महासंघले कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र वैज्ञानिक भू–उपयोग सम्बन्धी आवश्यक नियमावली तथा निर्देशिकाहरु यथाशीघ्र जारी गरी भू–उपयोग ऐनको अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । साथै सरकारलाई किसान विरोधी हर्कतहरु नदोहोर्याउन महासंघले सचेत गराएको छ ।

प्रकाशित: समय: 9:33:51  1361पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार