घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ढोरपाटन नगरपालिकामा आएको बाढी पीडित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने बताएका छन् ।

राहत सामग्रीसहित बाढीग्रस्त क्षेत्र पुगेका मुख्यमन्त्री गुरुङले बाढी पीडितका साथमा प्रदेश सरकार रहेको बताउँदै घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताए।

उनले नगरपालिकाले जग्गा व्यवस्थापन गरे सङ्घ र प्रदेश मिलेर एकीकृत बस्ती बसाल्ने प्रतिबद्धता व्यक्त गरे । क्षति पुगेको विद्यालय, जलविद्युत् आयोजना, स्वास्थ्य एकाइ तथा सडक निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने उनको भनाई छ ।

अत्यावश्यक राहत सामग्रीसहित सनाखत भएका मृतकका १३ परिवारलाई प्रतिपरिवार ५० हजार नगदका दरले राहतसमेत प्रदान गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए। उनका अनुसार हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुगेका मुख्यमन्त्री गुरुङले ४० परिवारलाई भाँडाकुँडा, टेन्ट, म्याटेस्ट सहितका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका थिए ।

हालसम्म भुजीखोलाको बाढीमा परी १५ जनाको मृत्यु भइसकेको छ भने अझै २३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।यही

प्रकाशित: समय: 22:01:39  1025पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार