
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् ।
कृषि उद्यमको अनुगमनका क्रममा शनिबार हेटौँडाका विभिन्न क्षेत्र पुगेका मुख्यमन्त्री पौडेलले सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार पारेको बताए।
कृषि विकास निर्देशनालय बागमती प्रदेश अन्र्तगत कृषि ज्ञान केन्द्र चितवनको अनुदान सहयोगमा २ समुहका ४० जना कृषकहरुले पशुपालन तथा तरकारी खेती गरेका छन् ।
यस वर्ष वनदेबी कृषि उद्यमी समुह र सुर्यादय बहुदेश्य कृषक समुहलाई कृषि ज्ञान केन्द« चितवनले २८ लाख २४ हजार अनुदान रकम सहयोग गरेको हो । यस्तै दुबै समुहका कृषकहरुले समेत तरकारी खेती र पशु्पालनमा २८ लाख २४ हजार रुपौँया लगानी गरेका छन् ।
मुख्यमन्त्री पौडेलले उद्योग, व्यापार व्यवसाय, पर्यटन उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियत पूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन रु तीन अर्बको कोषको निर्माण गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिए।
कृषिउपजमा प्रदेशलाई आफ्नै कार्यकालमा आत्मनिर्भर बनाउन लागि पर्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सरकारमार्फत अनुदान प्राप्त गरी सञ्चालन भएका कृषि उद्यमको नियमितरुपमा अनुगमन गर्दै आएका छन् ।