
काठमाडौं । किसानले लामो समयसम्म लाइन बसेर पर्खिदा पनि नेपाल सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै फोर एच नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।
फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्धारा हस्ताक्षरित वक्तव्यमा भनिएकोछ, झापा, मोरङ्ग, सप्तरी, धनुषा, बारा, पर्सा, कपिलवस्तु, दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा हप्तौंदिनदेखि किसानहरु मलको लागि लाइनमा बस्दा पनि मल नपाउनुले सरकार किसानप्रति कति संबेदनशील छ भन्ने कुरा प्रस्ट हुन्छ ।
सरकारलाई तत्काल किसानको मलको समस्या समाधान गर्न नेपाल सरकारसँग जोडदार माग समेत गरेको छ ।
मल अभावका कारण किसानलाई हुने घाटा पूर्ति गर्न अग्रिम तोकिएको मूल्यको आधारमा किसानलाई स्थानीय तहमै क्षतिपूर्ति तथा मूल्य रकम उपलब्ध गराउन बेलैमा कानुनी तथा आर्थिक व्यवस्थापन गरी स्थानीय तहसँग समन्वयको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।