प्रजनन स्वास्थ्य र शिक्षा ऎन,नियमावलीबारे कार्यशाला सम्पन्न


ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरको आयोजनामा दुई दिने वेबिनार कार्यशाला सम्पन्न शनिबार भएको छ ।

संचारकर्मी नवराज संजेलले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यमा ललितपुर महिला विभागले संयोजन गरेको कार्यशालामा प्रजनन स्वास्थ्य तथा शिक्षा ऐन,नियमावली बारे अन्तरक्रियाकासाथ सम्पन्न भयो ।कार्यशालामा जिल्ला सदस्य शान्ति पौड्यालले शिक्षा ऐन ,नियमावली बारे,संगठन केन्द्रीय सचिवालय सदस्य कमला थापाले बालमैत्री शिक्षण र नियम कानुन,नेतृत्व विकासमा महिला लगायतका विषयमा सहजीकरण गरेकी थिइन्। कार्यशालामा प्रभात माविका प्रधानाध्यापक राजेन्द्रप्रसाद तिमल्सिना,नेपाल शिक्षक महासंघ ललितपुर सचिव देवी दुलालले कार्यक्रम सफलताको कामना सहित विषयवस्तु भित्रै समालोचना गर्नु भएको थियो ।

शिक्षकहित साकोसका अध्यक्ष हरिदेव यादवले कोरोनाका कारण वित्तीय क्षेत्र प्रभावित भएकाले सहकारी पनि केही समस्यामा परेको,विभिन्न रोगमा आर्थिक सहयोग गर्ने कार्यक्रम र शिक्षकका पेशागत विकासलाई विद्यार्थी सामु जोड्न तयार हुनुपर्ने बताउनु जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले ललितपुर जिल्लाका हरेक कार्यक्रम अनुसरण योग्य भएकाले थप शुभकामना दिदै नेतृत्व विकास तथा महिला सशक्तीकरण बारे संगठन लागिरहेको,नयाँ शिक्षा ऐन ल्याउन मार्ग खोजिरहेको,शिक्षक महासंघ शिक्षकका हकहित प्रवन्ध गर्न लागि परेको तथा महासंघमा कुनै विवाद नभएकोले ढुक्क रहन आग्रह गर्नु हुँदै दरबन्दी मिलान गर्नै पर्दछ तर सरकारलाई दिएका सुझाव पनि मान्नु पर्छ भन्दै थापाले हालको शिक्षक विद्यार्थी अनुपातमा हिमाल ३०, पहाड ३५ र तराईमा ४० हुनुपर्नेमा जोड दिनु भयो ।

प्रकाशित: समय: 23:58:16  1196पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार