
काठमाडौं । काठमाडौंमा निषेधाज्ञाको समयमा औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै बेला संचालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीरा पौडेलले आइतबार विज्ञप्ति जारी गरी यस्ता पसल व्यवसाय जुनसुकै बेला निर्वाध संचालन गर्न पाउने जानकारी गराएका हुन् ।
त्यस्तै अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, मासु लगायत विक्री वितरण गर्ने पसल भने बिहान सवा ९ बजेसम्म खोल्न पाइने छ ।