सांसद सिलवालको अनुरोधमा गिम्दीमा १० घरपरिवारलाई बाँदर धपाउने यन्त्र हस्तान्तरण


ललितपुर । जिल्लाको वाग्मती गाउँपालिका वडा नं.७ गिम्दीमा मंंगलबार प्रतिनिधि सभा सांसद नवराज सिलवालको अनुरोधमा वडाध्यक्ष नवराज संजेलले बाँदर पीडित परिवारलाई बाँदर धपाउने यन्त्र हस्तान्तरण गर्नु भएको छ ।                                                                                             वडाध्यक्ष संजेलले सांसद सिलवालको अनुरोधमा कृषकहरुलाई बाली नाली जस्तो मकै,अन्य अन्नपात जोगाउन गिम्दीका काउसे,देवताखोला,सुबाने,मगर गाउँ,कटुवा,गिम्दीवेसींका १० घरपरिवारलाई बाँदर धपाउने यन्त्र हस्तान्तरण गरेका छन् ।

डा.महावीर पुनद्धारा स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र,किर्तिपुर,काठमाडौंबाट सहुलियत दरमा वडा कार्यालयको बजेटबाट खरिद गरि बाँदर धपाउने यन्त्र हस्तान्तरण गरेको वडाध्यक्ष नवराज संजेलले बताउनु हुँदैं बाँदर आएपछि सो यन्त्र पटकाई धपाउन सहायता मिलेकाले बाँदर धपाउने यन्त्र प्रदान गरेको जनाउनु भएको छ ।

प्रकाशित: समय: 13:47:24  453पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार