सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनईबाट पनि


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा ब्रुनइबाट पनि सञ्चालन हुने भएको छ ।

ब्रुनईको ख्यातिप्राप्त सियामली रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौतासँगै ब्रुनईमा रहेका नेपालीहरुले सियामली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

यो सेवाबाट नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियामली रेमिट्यान्सका निर्देशक सेरुजी वीनले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले विगत १४ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अस्ट्रेलिया आदि थुप्रै देशमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: समय: 15:35:39  1369पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार