२ भदौ, काठमाडौं । सोमबार एक युट्युव च्यानल मार्फत सार्वजनिक भएको ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झणन्डा जलाएर भिडियो बनाउनेको चौतर्फी बिरोध भएपछि प्रहरीले अनुसन्धान थालेको छ । धेरैले उक्त गीतका गायकलाई कडा कारबाहीको माग गर्दै सामाजिक संजालमा बिरोध गरेका छन् भने भिडियोलाई हटाउन समेत माग गरिएको छ ।
नेपालको झन्डा जलाउँदै गरेको भिडियो बनाएर युट्युबमामा राख्नेमध्येका एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ । प्रहरीले म्युजिक भिडियोका एकजनालाई पक्राउ गरेको हो ।
नाम नखुलाइएका उक्त व्यक्तिलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गरिएको छ ।
गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा जलाउँदै गरेको दृश्य देखाइएको छ । राष्ट्रिय झन्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झन्डाको प्रयोग गर्नेलाई ३ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।
अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्छ ।