मकवानपुरमा प्रहरी माथि खुकुरी प्रहार


२ भदौ, मकवानपुर । हेटौंडा उपमहानगरपालिका- ६ गौरिटारमा एक प्रहरी माथि खुकुरी प्रहार भएको छ ।

सोमबार राती चौघडा प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक(असई) डम्बर के.सी. माथी खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय २५ वर्षीय भक्तराम राउतले प्रहरी माथी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका के.सी. लाई हेटौंडाबाट थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

आक्रमण गर्नेहरु मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरिएको प्रबक्ता रानाले बताए ।

प्रकाशित: समय: 8:10:01  1369पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार