बँदेल मार्न थापिएको करेन्ट लागेर एकजनाको मृत्यु: प्युठान


१ भदौ, प्युठान । प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं-२ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

थापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार ल्याइँदै गरिएको जनाइएको छ ।

प्रकाशित: समय: 18:15:37  1207पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार