गोदावरीमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम


ललितपुर । नेपाल निजामती कर्मचारी संगठन,गाेदावरी नगरपालिका,नगर कार्यसमितिद्वारा संगठनका केन्द्रीय सचिव सिता गुरुङको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य टीका के.सी.को विशेष आतिथ्यमा गोदावरी नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई आज(आईतबार)स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

संगठनका गोदावरी नगरपालिका नगर समितिका अध्यक्ष मधुराम केसीकाे अध्यक्षतामा,गोदावरी नगरपालिका कार्यसमितिका पदाधिकारीहरु,सदस्यहरुको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत भारतीलाई स्वागत तथा विषयगत सवालमा अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो । सो कार्यक्रम संगठनकी सचिव जयन्ता आचार्यले संचालन गरेकी थिइन् ।

प्रकाशित: समय: 22:32:16  116पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार