पीडितलाई सहयोग गर्न समाजसेवी कुँवर चितवन पुगे


१८ साउन, काठमाडौं । काठमाडौं बाफलका समाजसेवी ताराबहादुर कुँवर पीडितलाई सहयोग गर्न चितवन पुगेका छन् । माडी नगरपालिका ९ सिसौखोलामा चेपाङको बस्तीमा डोजर लाएर केही दिनअघि घर भत्काइदिएपछि उनी दुःखमा सहयोग गर्न त्यहाँ पुगेका हुन् ।

उनले पीडितलाई समस्या परेको सुनेपछि केही राहत दिन सकिन्छ भनेर त्यहाँ गएको बताए । ‘घर नै उठिबास लागेपछि मेरो मनमा पनि पीँडा भयो र त्यता गएँ ’ उनले भने ‘ उहाँहरुलाई तत्कालको लागि खाद्यान्नको जोहो भएको रहेछ, मैले घर टहरा बनाउनका लागि ४१ हजार रुपिँया सहयोग गरें ।’ वडाध्यक्ष शिवहरी सुवेदीलाई उनले त्यो रकम हस्तान्तरण गरेका हुन् । सुवेदी र अर्का एक व्यक्तिको नाममा कृषि विकास बैंकमा खाता पनि खोलिएको छ ।समाजसेवी कुँवरले आफ्नो सानो प्रयासबाट उहाँहरुको घर निर्माणमा सहयोगी भूमिका खेल्ने बताए । उनले सबैको सहयोगबाट पीडितहरुलाई राहत मिलोस् भनेर आफूले सक्रियता देखाएको पनि जनाए ।

चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, हेभी ईक्वीपमेन्ट व्यावसायी महासंघका अध्यक्ष तथा हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनमा १६ हप्तासम्म निरन्तर राहत वितरण गरेका छन् । उनी कसैलाई पनि अप्ठेरो परेको हेर्न नसकेकाले जे जस्तो हुन्छ सहयोग गरेको बताउँछन् ।

प्रकाशित: समय: 17:27:42  43पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार