पहिरोले अवरुद्ध बगुवा-ठाँटी भञ्ज्याङ मोटरबाटोमा यातयात सुचारु


ललितपुर । वाग्मती गाउँपालिका वडा नं.६ आश्राङसम्म पुग्ने बगुवा-ठाँटी भञ्ज्याङ्ग सडक अन्तर्गत रहेका आश्राङ रुम्बा गाउँको पहिरोले अवरुद्ध मोटरबाटोमा शनिबारदेखि यातयात सुचारु भएको छ ।

आश्राङका वडाध्यक्ष लालबहादुर बम्जन तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं विगत १ महिनादेखि वर्षातका कारण अाश्राङ्गकाे रुम्बा पहिराेले अवरुद्ध माेटरबाटाेमा शनिबार जेसेबी लगाएर जनप्रतिनिधि,स्थानिय वासिन्दाहरुको सहयोगमा पहिरोमा रहेका ढुंगा,माटो फालेर यातयात संचालन गरिएको जनाएका छन् ।

प्रकाशित: समय: 17:20:13  63पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार