चर्पी, मुसहर, कोरोना र नेता ! जनस्वास्थ्यमा कस्तो असर पर्ला ?


बर्दियाकी १२ वर्षीया अनिता थारूका बुबा भारतमा मजदुरी गर्न गएका थिए । त्यहाँ गएपछि उतै घरजम गरेर बसे । सुकुमबासी भएकाले आमाले ५ कठ्ठा जग्गा त पाएकी छन् । तर त्यसमा काम गरेर खाना जुटाउन धेरै गाह्रो छ । त्यसैले घरमा न चर्पी छ, न साबुन । हात धुने अनिता थारू र उनका परिवारले खरानी र माटो नै प्रयोग गर्छन् ।

बर्दिया र सुदूरपश्चिमका केहीगाउँका मानिससँग मैले केही अघि नै सोधेकीथिएँ, ‘तपाईंहरूकहाँ चर्पी छ ?’ केही विशेष समुदायका ७०प्रतिशत परिवारमा चर्पी नभएको र नित्यकर्मगर्न झाडी, जंगलजाने, तर ‘बच्चालाई घरनजिकै दिसापिसाब गराउने’ चलन भएको पत्ता लाग्यो । त्यहाँका सरकारी स्कुलमा पनि प्रायः ‘भएमाचर्पी अति नै फोहोर, पानी नभएकाले प्रायःजंगलमै’ दिसापिसाब फेर्न जाने गरेकोकिशोर÷किशोरीले बताए ।
स्कुलमाजाँदा प्रायःशिक्षकका लागि ‘भिन्दै शौचालय भएका र ताल्चा लगाएर राखिएका’ फेला परे । त्यहाँका शौचालयबारे समुदायसँग छलफल गर्दा थाहाभयो– ज्ञान नभएर होइनकि शौचालय बनाउने ठाउँ नभएर ‘जंगलमा शौच’गर्न जान परेको, कसैकसैका घरमा भएका शौचालयचाहिँ पानी नभएर तथा फोहोर भएर गन्हाउने हुनाले प्रयोग नगरेको, नजिकै जंगल छ,किन घरको चर्पी प्रयोग गर्ने भन्ने विचारले नगरेको भन्नेहरू पनि पाइयो । यस्तो जवाफप्रायःदलित, मुसहर, पूर्वकमैया समुदायबाट आयो ।

सुदुरपश्चिममा जहाँ ‘खुल्ला दिसामुक्त क्षेत्र’ छ, त्यहाँपनि ‘छाउपडी’ मा बस्नेहरू त घरमा ‘शौचालय’भएपनि झाडीमै जान्छन् भन्ने कुरा त धेरै पहिलेदेखि थाहा भएको हो, अहिले पनि स्थितिमा केही फरक छैन भन्ने कुरा बारम्बार सुदूरपश्चिममा जाँदा बुझें । अहिले कोरोना भाइरसको प्रकोपका बेला ‘बारम्बार साबुन–पानीले हातधुनु’भनेर स्वास्थ्य मन्त्रालयले भनिरहेका बेला मैले तराईका मुसहर,बाँके, बर्दिया र कैलालीका सीमान्तकृत समुदायका केही युवालाई फोन गरेर यसबारे सोधें ।हामी त चर्पीको प्रयोगपछि माटो र खरानीले हात धुन्छौं भन्ने जवाफ आयो । खरानीले कोरोना भाइरस साबुनले जस्तै नष्ट हुन्छ होलान्?

साबुन–पानीले हातधुनु एक साधारण क्रिया हो, तर यसले जीवन बचाउन सक्छ भन्ने विशेषज्ञले भनिरहेका छन् । तर साबुन नै नपाउने समुदायमा के गर्ने भन्ने प्रश्न त छ नै ।’

विभिन्न समुदायमा साबुन र चर्पी नहुनु अहिलेको सरकारले नगरेर आएको समस्या होइन । यो त सयौं वर्ष अगाडि देखि राज्य, कानुन, समाजले गरेको व्यवहारको प्रतिफल हो । त्यसैले अहिले सरकारले यो गरेन, त्यो गरेन भनेर प्रतिपक्षले धारे हात लगाउनै पर्दैन । पञ्चायतकालमा आफ्नो हातमा सत्ताभएका बेलापञ्चहरूले सीमान्तकृत समुदायलाई अघि बढाउन एक पाइलापनि चालेनन् । ४६ सालपछि सबभन्दा बढी सरकारमा बसेको दलले पनि आफ्ना घोषणापत्रमा त अनेक लेख्यो, तर व्यवहारमा‘सीमान्तकृत, जनजाति, अछूत’ आदिको विकासकालागि कुनै काम भयो त ?

सम्पूर्ण साक्षर’ भनिएकाजिल्लाका दलित र सीमान्तकृत समुदायकामानिसलाई अहिले पनि पढ्न आउँदैन । समुदाय चर्पी विहीन भएकाले ’खुल्ला दिसा मुक्त’ छैन । कागजमा घोषित ‘खुल्ला दिसा मुक्त’ले झाडापखाला र आउँ रोक्दैन । तर तराईका राजनीतिक नेतायो कुरा बुझ्दैनन् र रट लगाइरहन्छन्– ‘हामीले चर्पी बनाउन पैसा, प्रेरणा दिएका छौं । सबै ठाउँमा चर्पी छ ।’ राजनीतिक नेता साँच्चै आफ्नो भनाइमा विश्वस्त छन् भनेम आग्रह गर्छु– ‘आउनुस् सँगै विभिन्न मुसहर बस्तीमा गएर हेरौं, चर्पी छन् कि छैनन् ?’

कोरोना भाइरसको महामारी फैलिएका बेला‘चर्पी र साबुन’ त झन् एक बलियो हतियार हुन सक्छ–संक्रमण रोक्ने । कतिपय समुदायमा त साबुनले हात धुनुपर्छ भन्ने सन्देश नै पुगेको छैन होला, पुगे पनि साबुनन भए खरानी प्रयोग गरिहाल्छौं भन्ने विचार पनि छ होला। तर यसले जनस्वास्थ्यमा कस्तो असर पर्ला ?

डा. अरुणा उप्रेती ।

प्रकाशित: समय: 9:16:11  30पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार