नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो,१४,४९२ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार ३ सय १५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको बताएका हुन् ।

अहिलेसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । शनिबार मात्रै विभिन्न अस्पतालबाट ९३ जना जना संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौंका ५ र भक्तपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ९ सय ९३ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइन ११ हजार ५ सय ३३ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेसनमा ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, स्वास्थ्य मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकहरुको स्वाव संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरुलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित: समय: 17:07:06  34पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार