न्यूयोर्कमा स्वास्थ्यकर्मीहरुलाई खाद्यान्न वितरण कार्यक्रम


अमेरिका । गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले शुक्रबार न्यूयोर्कस्थित क्वीन्स अस्पतालका स्वास्थ्यकर्मीहरुलाई नि:शुल्क खाद्यान्न वितरण गरेको छ ।

फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरेकानुसार फाउण्डेसनले कोभिड-१९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले क्वीन्स अस्पतालका सेन्टरका स्वास्थ्यकर्मीहरुलाई शुक्रबार ताजा खाना वितरण गरेको संचारकर्मीहरुलाई जनाएका छन् ।

खाद्यान्न वितरण कार्यक्रम न्यूयोर्क राज्यका सेनेटर जन सि.लियुले खाना वितरण क्वीन्स अस्पताल सेन्टरका सीईओ इजरायल रोचालई २ सय थान बिरीयानी प्रदान गरेर शुभारम्भ गर्नु भएको थियो ।

फाउण्डेसनलाई टेष्ट अफ लाहोर रेष्टुरेण्टकी प्रोप्राईटर प्रोप्राइटर रेखा श्रेष्ठले २ सय बक्स बिरीयानी,२ सय बोटल पानी र १० वटा जम्बो खरबुजा सहयोगस्वरुप प्रदान गरेका थिए ।

सो कार्यक्रममा गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका उपाध्यक्ष सुवर्ण लामा,केन्द्रीय सदस्य सुर्य सिम्खडा,नेपाली काँग्रेसका युवा नेताहरु प्रेम क्षेत्री,अनिल पाण्डे,सामाजिक अभियन्ताहरु प्रेमलाल बुढामगर,लक्ष्मण पुनमगर,रेशम राणा,पंकज सुब्बा लगायतका महानुभावहरुले स्वयंसेवक रुपमा खटेर साथ दिनु भएको फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता घिमिरेले संचारकर्मीहरुलाई संवादको क्रममा बताएका छन् ।

प्रकाशित: समय: 16:19:07  82पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार