गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ७४ औं शृङ्खला


ललितपुर । हाम्रो गोदावरी,स्वच्छ,सफा र सुन्दर गोदावरी भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार महिला एवं बालबालिकाको पहलमा संचालन भइरहेको गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ७४ औं शृङ्खला आज(शनिबार)सम्पन्न भएको छ ।

कोरोना भाइरसका कारण असहज स्थिति श्रृजना भएको र यस विषम अवस्थामा नेपाल सरकारले लकडाउनलाई केही खुकुलो गरेतापनि पुर्ण रुपमा संक्रमण नियन्त्रणमा आइ नसकेको अवस्थामा समूहमा कार्य गर्न सहज वातावरण श्रृजना भई नसकेकोले सामाजिक दूरी लगायत सुरक्षाका साधनहरु प्रयोग गर्दै आ-आफ्नै घर वरिपरि सार्वजनिक क्षेत्र र गोदावरी खोलाको खुसिबु कोलोनी वरिपरि सरसफाइ एवं जनचेतनामूलक कार्य अभियन्ताहरुको सहभागितामा सामाजिक दुरिलाई कायम गर्दै गरिएको थियो ।

शनिबारको कार्यक्रममा गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबि राजभण्डारी,अभियन्ताहरु नारायणी पाण्डे,नारायणी थापा,दिलेन्द्र थापा,मोहनकृष्ण लाखे,सविना श्रेष्ठ,रामचन्द्र पुरी,अम्बिका लिम्बू,एन.बि.लिम्बू,डिल्ली लिम्बू ,शेखर गिरी लगायतका अभियन्ताहरुको सहभागितामा अभियानको सरसफाई गरेको तामाङपेजसँगको संवादमा अभियन्ता नारायणी पाण्डेले जनाएकी छिन् ।

प्रकाशित: समय: 10:57:23  85पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार