नेपाल सरकारका उपसचिव वीरेन्द्रदेव भारतीले गोदावरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले !


ललितपुर । जिल्लाको गोदावरी नगरपालिकास्थित बज्रबारहीमा रहेको गोदावरी नगरपालिका कार्यालयमा बिहीबार नेपाल सरकार,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार ,काठमाडौंमा कार्यरत उपसचिव वीरेन्द्रदेव भारतीलाई मन्त्रालयले सरुवा गरेर गोदावरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरि मन्त्रालयले पठाएको छ ।

बिहीबार गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन,उपमेयर मुना अधिकारी लगायतले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार सम्हाल्न आउनु भएका उपसचिव भारतीलाई टिका,खादा,माल्यर्पण प्रदान गरेर स्वागतसहित सफल कार्यकालको लागि शुभकामनासमेत व्यक्त गरेका छन्।

तस्बिर : श्री आचार्य ।

प्रकाशित: समय: 10:13:40  127पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार