गोटिखेलमा”क्षय कुष्ठ रोग सम्बन्धि तेश्रो चौंमासिक गोष्ठी” सम्पन्न


ललितपुर । महाँकाल गाउँपालिका वडा नं.३ गोटिखेलमा क्षयकुष्ठ रोग सम्बन्धि आ.व.२०७६/०७७ को तेस्रो चौंमासिक गोष्ठी कार्यक्रम जिल्ला जन स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालको प्रमुख आतिथ्यमा तथा महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालको सभाअध्यक्षतामा आज(शुक्रबार)सम्पन्न भएको छ ।

गाउँपालिका सूचना प्रविधि अधिकृत माधव घिमिरेकानुसार उक्त कार्यक्रममा महाँकाल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे,क्षय कुष्ठ  सुपरभाइजर(अधिकृत) राजाराम अधिकारी,परिवार नियोजन सुपर भाईजर अधिकृत रामकृष्ण फुँयाल,मेडिकल ल्याब टेक्निसियन उपेन्द्र अर्याल,स्वास्थ संयोजक ज्ञानेन्द्र चन्द,महाँकाल गाउँपालिका अन्तर्गतका स्वास्थ चौकी प्रमुखहरु लगायत अन्य कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा सुन्दर ढोका साथी समूह नामक संस्थाले प्रदान गरेको पिपिई सेट,मास्क,स्यानीटाईजर लगायतका सामग्रीहरु महाँकाल गाउँपालिका अध्यक्ष दहाललाई जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले हस्तान्तरण गरेका थिए ।

प्रकाशित: समय: 22:10:17  95पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार