चस्कि रहन्छ मुटु पनि शंकाको दागले यहाँ- शर्मिला तामाङ,जापान


अपशब्द बोल्छ जब कालो कागले यहाँ

चस्किरहन्छ मुटु पनि शंकाको दागले यहाँ ।

 

कोरोना त्रासको बन्दाबन्दीले काम ठप्प छ

जीवन धान्न धौं धौं छ अनेकौ बिरामीले यहाँ ।

 

मर्न पनि मन थिएन बाँच्न झनै गार्हो भयो

डसि रहन्छ अभाव र महंगीको नागले यहाँ ।

 

कसरी हो व्यवहार धान्ने डरले सताउँछ सधै

उन्नती हुन्न जति गर्छु मेहनत र त्यागले यहाँ ।

 

कता जाउँ के गरौं निश्चित छैन गन्तव्यको

तानि रहन्छ त्यतै कतै तिम्रै अनुरागले यहाँ ।।

प्रकाशित: समय: 21:27:13  185पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार