राखेप सदस्य सचिव सिलवाल र उपाध्यक्ष कोईरालाले कार्यभार सम्हाले,बोर्डमा ६ सदस्य मनोनीत


काठमाडौं । नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयले पहिलो पटक,राष्ट्रिय खेलकुद विकास ऎन २०७७ अनुसार खुल्ला प्रतिस्पर्धानुसार योग्यता पुगेका प्रतिस्पर्धीबाट राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्षमा शिव कोईरालालाई प्रतिस्पर्धात्मक विधिबाट नियुक्ति गरेको छ ।

राखेपमा सदस्य सचिव सिलवाल र उपाध्यक्ष कोईरालाले बुधबारबाट औंपचारिक रुपमा कार्यभार सम्हालेको मन्त्रालय श्रोतले जनाएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राखेपको नयाँ ऎननुसार बिहिबार बोर्ड सदस्यहरुमा पूर्व कर्मचारी रिम रानाभाट,पूर्व भलिबल खेलाडी इन्दिरा निरौंला,बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष अर्जुन के.सी.,नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष सुवास श्रेष्ठ,युवाथाई संघका प्रतिनिधि सम्पन्न श्रेष्ठ,नेपाल पर्वतीय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष गोविन्द भट्टराई गरि ६ जनालाई मनोनीत गरेको बताउनु भएको छ ।

राखेपको नयाँ ऎन बमोजिम राखेपको बोर्ड सदस्यमा खेलकुद विज्ञ,प्रशिक्षक,प्राविधिक वा एन्टी डोजिङ विज्ञ गरि ३७ जना सदस्य राख्न पाउने ऎनमा ति सदस्यहरुमध्ये १२ जना पदेन सदस्य हुनुपर्ने प्रावधान रहेको मन्त्रालय श्रोतले जनाएका छन् ।

प्रकाशित: समय: 10:47:37  64पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार