जि.पि.कोईराला फाउण्डेसन अमेरिकाद्धारा न्यूयोर्कमा शुद्ध दुध वितरण कार्यक्रम


अमेरिका । गिरिजाप्रसाद कोईराला फाउण्डेसन (जि.पि.कोईराला फाउण्डेसन) अमेरिकाले चौंथो पटक ८ प्यालेट्स नि:शुल्क शुद्व दुध वितरण कार्यक्रम शुक्रबार न्यूयोर्क शहरको क्वीन्स र ब्रुक्लिन बोरोमा सम्पन्न भएको छ ।

फाउण्डेसन अमेरिका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरेले संचारकर्मीहरुसँग कुराकानी गर्नुहुँदैं फाउण्डेसनले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनसँगको सहकार्यमा ८ प्यालेटस शुद्ध दुध फाउण्डेसनको अगुवाईमा फाउण्डेसनले ५ हजार ७ सय ६० लिटर अमेरिकास्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १६ वटा कार,१ वटा भेन र १ वटा ट्रक लिएर वेरहाउस बाट आफैं उठाउएर लगेको बताएका छ।

फाउण्डेसन अमेरिकाले न्यूयोर्कको ब्रुक्लीन र क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश:युनाईटेड शेर्पा एसोसिएसन अमेरिका उपाध्यक्ष फुर्वा शेर्पामार्फत ५०० ग्यालन दुध,रिजहुड नेपालीज सोसाईटिलाई यसै संस्थाका सदस्य एवं नेपाली काँग्रेसका युवा नेता विनोद सुवेदीमार्फत ६० ग्यालन दुध,ईन आवर हार्ट्स ग्रुप ब्रुक्लीनकी कार्यकारी निर्देशक केएला सर्जीयोमार्फत अमेरिकालाई १०० ग्यालन दुध,द तिब्बतियन कम्युनिटी अफ न्यूयोर्क-न्यू जर्सिलाई संस्थाकी म्यानेजर तेन्जीन सेयाङ डि टि वाङचुक मार्फत १०० बक्स काईन्ड बार, ने.काँ. युवा नेता अनिल पाण्डेमार्फत ३०० ग्यालन दुध,नेपाली अमेरिकन कलाकार संघलाई मिडियो कोडिनेटर बराल मार्फत २० ग्यालन दुध, एन.आर.एन.अमेरिका-न्यूयोर्क च्याप्टरलाई यसै संस्थाका अध्यक्ष रामहरि अधिकारीमार्फत ४० ग्यालन दुध,ग्रिन टचका कार्यकारी निर्देशक भिक्टर ईलाहीमार्फत १०० ग्यालन दुध, सोनम शेर्पामार्फत ४० ग्यालन दुध, प्रेम क्षेत्रीमार्फत ४० ग्यालन दुध, ल्याटिनो अमेरिकन का वान गोन्जालेज मार्फत १०० ग्यालन दुध,नेकाँ युवा नेता भोजराज थोक्करमार्फत ६० ग्यालन दुध,पल्जु शेर्पामार्फत ६० ग्यालन दुध, राजेश कार्कीमार्फत ६० ग्यालेन दुध,लायन्स क्लव क्वीन्स बुद्धकी अध्यक्ष रिमाया नेपालीमार्फत रवि सिवाकोटी र रमेश आचार्य लाई ६० ग्यालन दुध हस्तान्तरण गरेको थियो।

फाउन्डेसनद्धारा आयोजित कार्यक्रममा फाउण्डेससनका क्रमशः वरिष्ठ उपाध्यक्ष सुवर्ण लामा,केन्द्रीय सदस्य सूर्य सिम्खडाले स्वयंसेवक रुपमा खटिएका थिए।

प्रकाशित: समय: 23:58:33  83पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार