फिप्ना अमेरिकाद्धारा मुक्कुमलुङ माथिको साँस्कृतिक अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण


अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना)अमेरिकाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

फिप्ना अमेरिका अध्यक्ष लोक चेम्जुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा ऐतिहासिक धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङमा माथिको साँंस्कृतिक अतिक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदैं यतिवेला नेपाल सरकार विकासको नाममा आदिवासीहरूको ऐतिहासिक,धार्मिक,साँस्कृतिक अतिक्रमण र दमनमा उत्रिएको छ ।

लिम्बूहरुको धार्मिक आस्थाको सर्वोच्च माङ(देवता)युमा हो ।

युमा माङको रूपमा लिम्बुहरूले पुज्दै आएको मुक्कुमलुङमालाई हिन्दुकृत गरेर नाम परिवर्तन गर्ने तथा विकासको नाममा विभिन्न दलालहरूद्वारा याक्थुङ सांस्कृतिको अतिक्रमण प्रती घोर निन्दा,भर्त्सना गर्दछौं ।

ताप्लेजुङमा रहेको स्थानिय सचेत युवाहरूको नेतृत्वमा मुक्कुमलुङमा बचाउ संघर्ष समिति बनेको छ ।

स्थानीय समुदायको विरोध हुँदाहुँदै एक व्यापारिक कम्पनी यति होल्डीसनलाई मुक्कुमलुङमा भूमिलाई लिजमा दिई नाफा कमाउने उदेश्यले कुनै पनि समुदायको सांस्कृतिक पहिचानलाई नामेट गर्न पाईदैन लिम्बुवानको ऐतिहासिक र धार्मिक स्थललाई विभिन्न दलालहरूबाट बचाउन गरेको आन्दोलप्रती हामी हार्दिक ऐक्यवद्दता व्यक्त गर्दछौ ।

संघर्ष कै क्रममा गत श्रावण ८,२०७७ मा सशस्त्र र जनपथका प्रहरीले याक्थुङ युवा समुहमाथी घेरा हाली निर्मम ढंगले गरेको दमनप्रती घोर निन्दा,भर्त्सना गर्दछौं । लिम्बू याक्थुङहरू नेपालका आदीवासी भूमि पुत्र हुन । नेपाल सरकारले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धी सम्झौंताहरु विपरित लिम्बूवानको पहिचानमाथी आक्रमण गरेको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन को धारा १६९ अनुसार राज्यले आदिवासीहरूको ऐतिहासिक पहिचान,धर्म, संस्कृति माथिको दमन वा हस्तक्षेप गर्न पाउँदैन।

सरकारले आफैले हस्ताक्षर गरेको सम्झौता विपरित आदिवासीहरूको धार्मिक र संस्कृतिमा नाङगो हस्तक्षेप गरेको छ।

संस्कृति रहे जाती रहन्छ,जाती रहे ईतिहास रहन्छ,ईतिहास रहे देश रहन्छ । देशभित्र रहेको हरेक जातिय,धार्मिक,सांस्कृतिक पहिचानहरूलाई संरक्षण,सम्बर्द्धन र प्रचार गर्न सके देशको विकास सम्भव छ ।

लिम्बूवानको ऐतिहासिक धरोहर,धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङ संरक्षणको लागी संसारभरीका न्यायप्रेमी जनसमुदायमा हार्दिक आव्हान गर्दछौ ।

याक्थुङ युवा समुह साथै देश तथा विदेशमा स्वतस्फूर्त सचेत समुहहरूबाट बनेका सम्पुर्ण संघर्ष समितीहरूको आन्दोलन प्रति हार्दिक ऐक्यवद्दता समेत व्यक्त गर्दै आदिवासीहरूको पहिचानमाथि लगातार प्रहारप्रति गम्भिर बन्दै नेपालका आदिवासी जनजातिहरूको ऐतिहासिक पहिचान संरक्षणको लागि एकजुटहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं भनेर फिप्ना अमेरिका अध्यक्ष चेम्जुङले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित: समय: 22:09:26  100पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार