राजु परियार र टिका पुनको स्वरमा कौशल बलायरको तिज गीत ‘आँगनीमा’ सार्वजनिक


काठमाडौं । चर्चित गायक गायिका राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तिज गीत ‘आँगनीमा’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीत ‘आँगनीमा’ मा शब्द तथा लय कलशी रोकायाको, पार्श्व स्वर स्मृति शाही, पुस्पा बोहरा र मुना रोक्काको रहेको छ ।

भिडियोको निर्देशन प्रभावन जेको रहेको छ । अभिनयमा सारिका केसी, चक्र बम, रश्मी भट्ट, प्रलाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, बुवन विक बाल कलाकार कौशल बलायर, नवोदिता गिरी  र दिप्ति रतालाले गरेका छन् । सहायक निर्देशन राजाराम गौतमले गरेका छन् । निर्माण नियन्त्रक विवेक चौलागाईको रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर शन्तोश राजबाहकको रहेको छ । श्रृङ्गार माहि सिङले गरेकी छन् ।

बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ (जीवन बडु, रेकर्डिस्ट मनोज डङोलले गरेका हुन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित: समय: 14:18:41  780पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार