नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो संगै संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्धको नारायणी अस्पतालमा उपचारकै क्रममा साउन ७ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
त्यस्तै बिहीबार १५६ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२,८४० पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ८१ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा २०,०९८ रहेका छन् । आइसोलेसनमा सक्रिय संक्रमितको संख्या ५,३५८ रहेको छ ।