अमेरिकामा किन तिन वटा जन सम्पर्क दर्ता गरेका हुन् ,त्यो कार्य शंकास्पद छ? -सोमनाथ घिमिरे


Nepali Public Relation Committee Ameirca(NPRCA) नेपाली जन सम्पर्क समिति,अमेरिका आर्थिक अनियमितता र चरम विवादमा फसेका छन् ।

विगत ६ वर्षदेखि अधिवेसन नगरी नेपालीहरुबाट उठाइएको चन्दा,सहयोग (भूकम्प पीडित,बाढी पहिरो पीडित,साधारण र कृयाशिल सदस्य शुल्क,दुर्गा मन्दिर,न्यूयोर्क-रिजहुड र महामारी)हरुमा उठाएको रकम अमेरिकी कानुननुसार आई.आर.एसबाट लेखापरीक्षण(अडिट)गर्नु पर्ने हुन्छ तर नगरेको खुलासा भएको छ।

हालै भएको जुम बैठकमा जन सम्पर्क समितिका एक पूर्व केन्द्रीय सदस्यले खुलेरै हुण्डी र अमेरिकी कानुन छलेर पठाइएको १ लाख ३० हजार डलर कहाँ गयो भनेर सोधेका थिए ।

त्यतिबेला उनले बैंकमार्फत नेपाल पठाएको दावी गरेपछि सबैको प्रमाण मागेका थिए ।

जुम बैठकमा सहभागीहरुले भूकम्पका बेलादेखि हालसम्म उठाइएको पैसा कहाँ गयो? खोइ हिसाव/किताव देखाउनु पर्दैन भनी प्रश्न गरेका थिए । उनले उत्तरमा आफुले बैंकमार्फत नै पठाइएको दावी गरे पनि तर कसरी पठाएँ भन्ने वारे वृस्तित खुलाउन अकमकाए ।

सन् २००७ मा अमेरिकामा नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा Nepali Public Relation Committee America(NPRCA),नेपाली जनसम्पर्क समिति अमेरिका, डालस,टेक्ससमा दर्ता भएको थियो र नेपाली काँग्रेस पार्टीले पनि यसैलाई मान्यता दिएको हो तर,आनन्द विष्ट र बेद खरेल मिलेर सन् २००९ मा न्यूयोर्कमा सोही नामको अर्काे संस्था दर्ता गरेका थिए ।

पछि नेपाली काँग्रेसले हस्तक्षेप गरेर सन् २०१४ मा दुबै संस्थालाई एक बनाउन एकताको दोस्रो महाधिवेसन टेक्ससमा गराएको थियो ।

सो महाधिवेसनका प्रमुख अतिथि एवं तत्कालिन पार्टी उपसभापति रामचन्द्र पौडेललाई मैले फरक मत राख्दै यसो भनेको थिए:”संस्था अमेरिकामा दर्ता छ र अमेरिकी कानुननुसार एक भएकै छैन ।

पार्टीले टेक्ससमा दर्ता भएको संस्थालाई मान्यता दिएको हुनाले अर्को संस्था न्यूयोर्कमा दर्ता भएकोले न्यूयोर्क राज्यबाट dissolution of the corporation को पत्र लिएर मात्र र सबै हिसाब/किताब को लेखापरीक्षण(अडिट)आई.आर.एसबाट गरेर मात्र अधिवेसन गर्न उचित र दिगो हुन्छ”।

अमेरिकामा दर्ता भएको संस्था प्रथमतः यहीँको कानुनी प्रवधान/नियमहरु पुरा गर्दै कार्यहरु गर्नु पर्छ र कुनै पनि संस्था यसरी ६ वर्षसम्म महाधिवेशन(AGM) नगरिकन आफै मपाईं गरेर अघि वढनु भनेको यहाँको कानुन विपरित कार्य गरेको ठहर हुन सक्छ।

अब पार्टीले तुरुन्त हस्तक्षेप गर्न जरुरी छ र अमेरिकाको टेक्सस राज्यमा दर्ता भएको र पार्टीले पनि मानेको हुनाले यसैलाई यहाँको कानुननुसार सबै प्रक्रिया पुराएर एउटा शुभेच्छुक संस्था भएर पुलको काम गर्दा कुनै झंझट,विवाद या झै झगडा नै हुँदैन। पार्टीको विधान अनुसार १४ औं महाधिवेशनमा अमेरिकाबाट भाग लिनलाई नेपालमा रगत पसिना बगाएका एवं त्याग गरेका अग्रज काँग्रेसी बन्धुहरुलाई प्राथमिकताका आधारमा सरसल्लाह गरेर छनोट गर्दा संगठन मजबुत हुन्छ भन्ने विश्वास छ।

अहिले पुरानो जन सम्पर्क समिति जसलाई पार्टीले मान्यता दिएको तर पार्टी हित विपरित कार्य गर्दै धज्जी उडाउँदै नेपाली जन सम्पर्क समिति नामकै अर्काे संस्था दर्ता गराएका छन् ।
यसो गर्नुकोकारण ३३% कर छल्न गरिएको हो भनेर आ.के.स. गोरख ब. बिष्टउर्फ आनन्द बिष्टले जुम मिटिङमै कबुल गरेका छन् ।

पुरानो संस्थाबाट उठाइएको लगभग १ करोड ३५ लाख रुपैयाँ हुण्डी र गैर कानुनीमार्फत नेपाल पठाएका छन् भने न्यू:जर्सी र न्यूयोर्क च्याप्टरले जम्मा ४७ हजार डलर नगद बुझाएको पनि खुल्न आएको छ र त्यसको लेखा जोखा नै छैन्। पार्टीलाई भनेर पठाइएको सो रकम कसको खातामा गयो भनेर अहिलेसम्म खोजी भएको छैन् ,जुन पैसा पार्टीको खातामा जम्मा भएको कुनै प्रमाण नै देखिँदैन ।

हाल कर छली गरेको र आइ.आर.एसमा दर्ता गरेको NPRCA को ट्याक्स आईडी र सदस्यता रसिदमा ट्याक्स आईडी फरक भएको प्रमाण पनि फेला परेको छ ।

अमेरिकी कानुननुसार सदस्यता रसिद आफ्नै सही ठोकेर यसरी गलत ट्याक्स आईडी प्रयोग गरेर शुल्क उठाउनु भनेको फेडेरल क्राईम हो र अझ ५०१(सि)३ मा दर्ता भएको संस्थाले यसरी कुनै पनि राजनीतिक पार्टीका लागि सदस्यता शुल्क लिन पाईदैन ।

अमेरिकाको विभिन्न राज्यहरु लगायत न्यूयोर्क राज्यमा बिसौं बर्ष देखि दर्ता भएका ५०१(सि) तिन संस्थाहरु सुचारु रुपले अघि बढी रहेकै छ त एउटै भएर अमेरिकी कानुनकै दायरा भित्र बसेर,कुनै समानान्तर नै छैन् ।

अमेरिकामा तिन वटा जन सम्पर्क चै किन? शंकास्पद छ र यसको अमेरिकी कानुननुसार छानबीन हुनु पर्छ।

जुम बैठकमा सहभागीहरुले भूकम्पका बेलादेखि हालसम्म उठाइएको पैसा कहाँ गयो? खोइ हिसाव/किताव देखाउनु पर्दैन भनी प्रश्न गरेका थिए । उनले उत्तरमा आफुले बैंकमार्फत नै पठाइएको दावी गरे पनि तर कसरी पठाएँ भन्ने बारे वृस्तित खुलाउन अकमकाए ।

अमेरिका एउटा कानुनी राज्य भएकोले, सबै व्यक्तिहरुले न्याय पाउने नै छन् भन्ने हामीलाई लागेको छ ।

(नोट: प्रस्तुत कर्ता विगत लामो समयदेखी अमेरिकामा वसोवास  गर्दै आउनु भएका नेपाली काँग्रेसका युवा नेता एवं जि.पी.कोईराला फाउण्डेसन अमेरिकाको अध्यक्षसमेत हुनुहुन्छ । प्रस्तुत लेख लेखको निजि बिचार हो -डेस्क सम्पादक)

प्रकाशित: समय: 22:50:44  140पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार