नेपालमा कोरोना भाइरसबाट थप १ सय जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय जना कोरोना संक्रमित थपिएको जानकारी दिएका छन् । यो संगै संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७ जना डिस्चार्ज भएका छन् । बुधबारसम्म १२ हजार ६ सय ८४ डिस्चार्ज भएका छन् । यस्तै, कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताए । अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् । हालसम्म २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् ।