विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार ७ सयभन्दाबढी संक्रमित थपिएसगै संक्रमितको संख्या १ करोड ५० लाख ९३ हजार ७ सय १२ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४ सय ६७ जना पुगेको वर्ल्डोमिटरले जनाएको छ । हालसम्म ९१ लाख १० हजार ७ सय २४ संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यस्तै, युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ७४९ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९९ हजार ७११ जना, एसियाली मुलुकहरूमा ८२ हजार ६४६ जना र दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २१ हजार ३६० जनाको मृत्यु भएको छ ।
यस्तै, अफ्रिकी मुलुकहरूमा १५ हजार ७७० जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४९ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४० लाख २८ हजार ५ सय ६९ पुगेको छ । जसमध्ये १ लाख ४४ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ ।
यस्तै, ब्राजिलमा २१ लाख ६६ हजार ५ सय ३२ जना संक्रमित भएका छन् भने ८१ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ ।