लगातार परेको बर्षाका कारण कुलेखानीमा ढलान पुल बगायो


मकवानर । निरन्तर परेको बर्षाका कारण इन्द्रसरोवर गाउँपालिका २ कुलेखानीमा रहेको ढलान पुल बगाएको छ ।

लगातार परेको भारी बर्षाका कारण वडा नं २ बाट गाउँपालिका जोड्ने ढलान पुल खोलाले बगाएको र आवतजावत समेत बन्द भएको स्थानीय युकि थापाले जानकारी दिएकी छिन् ।
सिँचाइका लागि केही समय अघि मात्र पाइप बिछ्याइएको र सिँचाइ सन्चालन नहुँदै पाइप समेत खोलाले बगाएको छ । कुनै पनि मानवीय क्षति भने नभएको स्थानीय थापाले बताइन्

प्रकाशित: समय: 16:29:48  57पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार